कभर फोटो

राहत बितरणमा जिवनपुरमा अनियमितता, थोरै दिएर धेरैमा भपाई

By धादिङ न्यूज

May 26, 2015

धादिङ  – भुकम्पबाट पर्न गएको असरको गम्भिरताको आधारमा खानेपानी, प्राथमिक उपचार व्यवस्थापन,अस्थायी आवास र खानाको व्यवस्थापनका लागि स्थानीय विकास मन्त्रालयले गाविस कार्यालयलाई उपलव्ध गराएको ९ लाख रुपैया गाविस कार्यालर्यलयहरुले अनियमित ढंगबाट खर्च गर्न थालेका छन । स्थानीय विकास मन्त्रालयले भूकम्प प्रभावित पांच जिल्ला धादिङ,सिन्धुपाल्चोक,गोरखा,नुवाकोट र रसुवा जिल्लाका प्रत्येक गाविसलाई ९ लाखका दरले रकम उपलव्ध गराएको थियो । मन्त्रालयले भूकम्प पिडितहरुको  लागि निश्चित मापदण्ड तोकेर उपलव्ध गराएको रकममा गाविस सचिवले ¥याल चुहाउन थालेपछि अनियमितता भएको रहस्यहरु धमाधम वाहिर आउन थालेका छन ।

धादिङ जिवनपुरका विभिन्न वडामा भुकम्प पिडीतहरुका लागि बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको पाईएको छ । वजारको खुद्रा मुल्य भन्दापनि बढी मुल्य तिरेर खरिद गरिएको तेलका कारण छिमेकी गाविस छत्रेदेउरालीमा अनियमितता भएको जनगुनासो बढिरहेको बेला जिवनपुर गाविसले पनि सोही मुल्यमा खाने तेल खरिद गरि भुकम्प पिडितलाई बितरण गरेको पाईएको छ । एउटै पसलवबाट खरिद गरेको उहि सामानको मुल्य गाविस पिच्छे फरक फरक भेटिएपछि तेल खरिदमा अनियमितता भएको रहस्य पर्दाफास भएको हो । छत्रेदेउराली गाविसले जेठ ४ गते खरिद गरेको ४ सय ९० कार्टुन तेलको शिवज्योती ट्रेडिङ कालिमाटी काठमाण्डौंले प्रति कार्टुन भ्याट बाहेक १२ सय २१रुपैया २४ पैसा मुल्य लगाएकोमा जिवनपुर गाविसले बैशाख २७ गते सोही पसलवाट खरिद गरेको तेलको मुल्य भ्याट वाहेक १२ सय ३८ रुपैया ९३ पैसा मुल्य लगाएको पाईएको छ । गाविस कार्यालयले खरिद गरेको तेल होलसेल खरिद गर्दा भ्याट समेत गरी १२ सय ५० रुपैया भन्दा बढि नपर्ने भएपनि गाविस सचिवको मिलेमतोमा तेलको मुल्य बढाएर सोही मुल्यमा भ्याट लगाईएको रहस्य वाहिर आएको छ ।

जिल्ला विकास समिती धादिङबाट प्रदान गरिएको ९ लाख रुपैँया मध्ये ७ लाख ८६ हजार पाँच सय सत्तरी रुपैँयाको विभिन्न खाद्यान्न सामाग्री खरीद गरी गाविस बाट बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको पाईएको हो । गाविसमा सर्वदलीय बैठक बसेर सम्पुर्ण वडाका प्रत्येक भुकम्प पिडीत घरधुरीलाई दाल, नुन, तेल, मसला राहत वितरण गर्ने भनिए पनि पहिलो चरणमा बाँडिएको राहत सामाग्रीमा मसला नबाँडिएको र दालमा तौल कम गरेर बाँडिएको पाईएको छ । गाविस सचिव बिन्दा कुमारी खड्काले जिल्ला विकास समिती धादिङबाट राहतका लागि प्रदान गरीएको पैसाबाट आफु खुसी राहत सामाग्री खरीद गरेको एमाओवादीका बासुदेव बास्कोटाले बताउनुभएको छ ।

वडा नम्बर १, २, ३ मा वितरण गरीएको राहत सामाग्रीमा दाल एक किलोग्राममा ३०० ग्राम कम गरी बाँडिएको र मसाला वितरण नगरीएको जिवनपुर १ बाह्रबिसेका महेश्वर सुबेदीले बताउनुभयो । यसैगरी ईन्डियन एम्बेसीबाट राहतको नाममा आएको नुन पनि गाविस आफैँले खरीद गरेर वितरण गरेको बताएपछि स्थानिय आक्रोशित भएका छन् । गाविस कार्यालय नदेखिने गरी भुकम्प पिडितहरुलाई ठगि गर्न लागि परेको स्थानीयको आरोप छ । साना किसान कृषि सहकारी संस्था जिवनपुरका सदस्य राजेश रुचालका अनुसार गाविसले  ठगि गरिरहेको छ । जति सामान दिएको हो त्यहि परिणाम खुलाएर भपाई गर्नु पर्नेमा थोरै सामान दिएर धेरैको भर्पाइ गर्नु सरासर अनियमितता भएको रुचाल वताउनुहुन्छ ।  ७०० ग्रामको दाललाई १ किलोग्राम भनेर भरपाई गराईएको उहांले बताउनुभयो । यसैगरी विश्व खाद्य संस्थान र नेपाल रेडक्रस सोसाईटीबाट प्रदान गरीएको राहत सामाग्री चामलमा पनि अनियमितता भएको पाईएको छ । गाविसका प्रत्येक घरधुरीलाई १०/१० किलोग्रामका दरले वितरण गर्ने भनिएको चामल पनि वितरण गर्ने समयमा १० किलोको भरपाई गराएर कम तौलमा वितरण गरेको जिवनपुर १ का स्थानिय कृष्ण ठकुरीले बताउनुभयो । राहतको नाममा बाँडिएको चामल १० किलोग्राम हुनुपर्नेमा कसैको ७ किलो कसैको ८ किलो भएको स्थानिय भुकम्प पिडीतको भनाई छ । गाविस सचिव खड्काले भने केहि वडामा घरधुरी बढेकाले सबैलाई पु¥याउनकै लागि केहि कम राहत सामाग्री वितरण गरेको जिकीर गर्नुभयो ।