कभर फोटो

धादिङमा अस्थाई घर निर्माण अभियान चलाउंदै एमालेका स्वयमसेवकहरु

By धादिङ न्यूज

June 01, 2015

रामचन्द्र रुपाखेती थाक्रे – बैसाख १२ गते आएको महाभुकम्पबाट घरवारविहिन भएको जनताको घर पुर्ननिर्माण गर्ने तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्ने नेकपा एमालेको एक महिने नयाँ अस्थाई घर निर्माण अभियान अन्तर्गत धादिङको क्षेत्र नं. ३ मा अभियान उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।

नेकपा एमाले कोशी अञ्चल कमिटि बाट ६५ जना टोली ले विभिन्न समुहमा रहेर धादिङ क्षेत्र नं. ३ को थाक्रे गाविस बाट कार्य थालनी गरि हाल सम्म थाक्रे गाविसका भुकम्पबाट घरवारविहिन भएका हरुको ५७ वटा नयाँ अस्थाई टहरा निर्माण गरिसकेको छ भने ८ वटा घरको मर्मत तथा १ विद्यालयको समेत मर्मत कार्य सम्पन्न गरेको छ । थाक्रे गाविस मा स्थानिय हरुको समेत सकृय सहयोग तथा स्थायिन पार्टीै कमिटि तथा जिल्ला कमिटिको समेत सहयोगमा काम उत्साहजनक रुपमा सञ्चालन भई रहेको टोली प्रमुख बाबुराम थापाले जानकारी गराउनुभयो । अस्थाई घर टहरा निर्माणका लागी हाल स्थानिय स्तरमा प्रमुख समस्या भएको तथा आर्थिक अवस्थासमेत दयनिय भएको र एकल, वृद्ध, अपाङ साथै भुकम्पका कारण परिवार गुमाएका हरुको लागि नयाँ अस्थाई घर निर्माण लाई प्राथमिकता दिई कार्य अगाडी बढाएको निर्वाचन क्षेत्र नं. ३ का संयोजक नेत्रराज पौडेलले बताउनुभयो ।

जिल्लामा नेकपा एमालेको तर्फबाट परिचालन गरिएको स्वयंसेवकको कार्यको समन्वय तथा अनुगमन गर्न खटिनुभएको नेकपा एमालेका लेखा आयोग संयोजक तथा केन्द्रिय अनुगमन टोलीका सदस्य डा. पुष्प कंडेलले सवै निर्वाचन क्षेत्रमा अस्थाई घर टहरा निर्माण कार्य उत्साहजनक रुपमा स्थानिय जनताको समेत सकृय सहभागितामा स्थानिय श्रोतको परिचालन गरि कार्य अगाडी बढिरहेको जानकारी गराउनुभयो । हाल निर्वाचन क्षेत्र नं. १ मा १०० जना क्षेत्र नं. २ मा ४० जना तथा क्षेत्र नं. ३ मा ६५ जनाको स्वयं सेवक टोली परिचालित रहेको र स्थानिय जिल्ला कमिटि र निर्वाचन कमिटि तथा स्थानिय गाउँ कमिटि को समेत सहयोग र सहभागिता ले अभियान सफलतातर्फ अग्रसर रहेको समेत कंडेलले बताउनु भयो ।