कभर फोटो

बिद्यालय भवन भत्किएपछि चौतारामा स्कुल

By धादिङ न्यूज

June 01, 2015

धादिङ-महाभुकम्पले त्रसित पारेको जन जिवनलाई सामान्य अवस्थामा फर्काउन शिक्षा क्षेत्रको ठुलो योगदान पुग्ने भन्दै भत्किएका भवनको छेउछाउमा बिद्यार्थी राखेर आईतबार देखि बिद्यालयहरु खुलाईएका छन ।

धादिङ जिल्लाका अधिकांश बिद्यालय भवन भुकम्पबाट प्रभावित भई क्षतिग्रस्त भएपनि लामोसमय सम्म रोकिन पुगेको पठनपाठनलाई नियमित गर्न जेठ १७ गते आईतबार देखि जिल्लाका बिद्यालय संचालनमा ल्याईएपनि कक्षा कोठा नहुंदा शिक्षक र बिद्यार्थीहरु मारमा परेका छन । अस्थायी कक्षा निर्माण गरी संचालनमा ल्याउने प्रयास सरकारी तथा गैर सरकारी तहवाट भईरहेपनि सबैठाउँमा एकै साथ अस्थायी कक्षा कोठा निर्माण गर्न नसकिने भएपछि बिद्यालयले भत्किएको भवन आसपासमा बिद्यार्थीलाई जम्मा पारेर महाभुकम्प पछिका समयमा बिद्यार्थीले देखे भोगेका बिषयहरुमा छलफल चलाउन शुरु गरेको छ । धेरै जसो बिद्यालयमा खुल्ला ठाउंको अभाव हुनुका साथै चौरमा सितल बस्ने ठाउं समेत नभएपछि बिद्यार्थीलाई कसरी टिकाउने भन्ने समस्या बिद्यालयहरुमा थपिएको छ । उसै क्रममा रुम टु रिड संस्थाको सहयोगमा निर्माण भएको भवन बैशाख १२ को महाभुकम्पले भत्किएपछि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ किराखोरमा रहेको कक्षा ५ सम्मको पढाई हुने रनदेवी प्राविले बिद्यालय नजिकैको चौतारा र खुल्ला ठाउंमा राखेर बिद्यार्थीलाई पढाउन शुरु गरेको छ । खुल्ला ठाउंमा धेरैबेर बिद्यार्थी राख्दा घामले एकै ठाउंमा बस्न नसकिने, वाहिर तिरको सानो तिनो दृष्यले बिद्यार्थीको ध्यान अन्यत्रै मोडिने जस्ता समस्या आउने गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सापकोटाले वताउनु भयो ।

साथमा फोटो फिचर

तस्बिर : पत्रकार गोमा थापा