कभर फोटो

बेलायतका चर्चहरुद्धारा धादिङमा राहत

By धादिङ न्यूज

June 04, 2015

जयराम तमाङ

 बेलायतको बिभिन्न शहरहरुमा बसोबास गर्दै क्रिश्चियन धर्ममा सेवा गर्दै आएका नेपाली क्रिश्चियनहरुले धादिङ जिल्लाको क्षेत्र नं तीनको भूकम्प पिडितहरुलाई केहि राहत बितरण गरेको छ ।

अनुग्रह मण्डली ग्रेस,मल्किसेदक मण्डली हन्स्लो, ख्रीष्ट आत्मिकि मण्डली डोन्कास्टर,प्रभु येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डन, सेन्ट जोन चर्च स्विण्डन् र ब्यातिmगतरुपमा ््र श्री गो अमातीले गरि जम्मा पा“च लाख बहत्तर हजार पा“च सय पैसी रुपया“ बराबरको दैनिक अतिआवश्यक समानहरु वितरण गरेको थियो । भूकम्पको समस्या तत्काल मात्र नभई दीर्घकालीन समस्या हो भन्ने उद्देस्यको साथ राहत संकलन गरेर पठाएको हो भनि प्रभू येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डनका पास्टर जेम्स लिम्बुले बताउनु भयो । दुई पटक गरि पठाएका राहत सीतापाईला चर्चका विश्वासी दर्ज बहादुर रुम्बा प्रमोद तमाङ र एल्डर अजय रुम्बाको सहयोगमा र गजुरी गा बि स वडा नं ८ का भूकम्प सहयोग समितीका सदस्य हर्क बहादुर तमाङको सहयोगमा बितरण गरिएको थियो । गजुरी गा वि स वडा नं ८ छेपाङको २७० घर धुरीलाई पहिलो पटक बितरण गरिएको थियो भने दोस्रो पटक महादेबस्थान गा बि स को ६ नंम्बर वडाको अति नै दुरगम सिमटार ,सुन्दरनाङगी ,बा“सखर्क र नौले डा“डा का १५० घर धुरीलाई बितरण गरिएको थियो । त्यस्तै गरि गजुरी गाबिस कै भदौरेका आफ्ना २ जना ज्यान गुमाएका परिवारको लागी पनि  राहत बितरण गरेको छ । त्यस्तै धेरै क्षति पुगेकाहरुलाई र आर्थिक अवस्था अति नै नाजुक रहेकाहरुलाई दैनिक अति आवाश्यक कुरा र केहि नगद समेत वितरण गरेको थियो । गजुरी गाबिस कै ८ नम्बर वडाको दयाराम दमैको को घर भत्किएर लुगा सिलाउने मेसिन सबै पुरिए पछि आम्दानीको श्रोत नै बन्द भएकोले उनिकरुको लागी एउटा कल किनेर दिएको थियो । ब्यात्तिगत रुपमा सहयोग गर्ने देबि घले र शोर्णिमा लामाले संघ सस्था मार्फत पठाउदा कुन ठाउ“मा कसरी र कति सहयोग भयो भन्ने कुरा नै थाहा हुदैन , हामीले अनलाईन मार्फत कति सहयोग गरेको थियौ तर यो पटक प्रत्यक्ष रुपमा पिडितले नै पाएको खबर सुन्दा फेरी पनि सहयोग गर्न मन लागेको कुरा खुशी हुदै भनेका थिए । राहत पाउने सम्पूर्ण भूकम्प पिडितहरुले राहत वितरणकर्ताहरु र सहयोगदाताहरुलाई धन्यबाद दिएको थियो ।