कभर फोटो

मनोज गजुरेलले भुकम्प आउदा नडराई भाग्नुपर्छ भनेपछी………….

By धादिङ न्यूज

June 06, 2015

धादिङ– शुक्रबार धादिङबेसी खुल्ला मञ्चको वातावरण पहिलाको भन्दा निकै फरक थियो । सुनसान बन्ने सो स्थानमा नागरिकहरुको ठुलो जमघट थियो । राहतको सामाग्री राख्ने स्थान बनेको खुल्लामञ्च शुक्रबार कुनै महोत्सवको समय जस्तो देखिन्थ्यो । कारण थियो सिस्नुपानी नेपालका हास्यव्यङग्य कलाकारको प्रस्तुती सुन्न र हेर्नको लागि । भुकम्प पछिको जिवनशैलीलाई समान्यकरण गर्ने उद्देश्यले सिस्नुपानी नेपालको समुह “भुकम्प पछिको मलमपट्टी” कार्यक्रम लिएर शुक्रबार धादिङ आएको हो । कार्यक्रममा चर्चित हास्यव्याङग्य कलाकार मनोज गजुरेलले दर्शकहरुलाई पेटमिचिमिच हसाए । उहाँले भने भुकम्प आउदा नडराईकन भाग्नुपर्छ । भाग्नुको कला हुन्छ, भुकम्प आउञ्जेल सुरक्षित स्थानमा बस्ने र भुकम्प आउन रोकीएपछि खुल्ला चौरतीर भाग्नुपर्छ त्यसलाई नडराई भाग्ने कुला भनिन्छ । गजुरेलले यस्तो भन्दा हासोको फोहोर छुडेको थियो । साथै उहाँले राम्रो मान्छे नर्ग गएपनि त्यो स्वर्ग जस्तो हुने र नराम्रो मान्छे स्वर्ग गएपनि त्यो नर्ग हुने भन्दै उहाँले राम्रो काम गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । विदेशमा रहेको नेपालीहरुलाई पनि मनोज गजुरेलले देशको पुननिमार्णको लागि आउनको लागि आग्रह गर्नुभयो । राहतको लागि आएको सामान हिनामिना गर्ने जोकोहि पनि नर्गमा जाने समेत उहाँले बताउनु भयो । कार्यक्रममा हास्यव्यङग्य कबि अर्जुन पराजुली, लोकगायक कमलीकान्त भेटेवाल,सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नागे, मनोचिकित्कस रमेश बराल लगायतले आ–आफ्नो प्रस्तुती राख्नुभएका थियो ।