मुख्य समाचार

मनकामनाको केवुलकार सन्चालनमा आयो

By धादिङ न्यूज

June 08, 2015

धादिङ–जेठ २५, गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चाल्नमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आईतवारदेखी सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताउनु भयो । मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए । भूकम्पको धक्का कम हुदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो । झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भिड लागेका छन् ।