ब्रेकिङ समाचार

नलाङमा चट्याङले लागेर १ को मृत्यु, ३घाइते

By धादिङ न्यूज

June 10, 2015

धादिङ, २७ जेठ- धादिङको नलाङ गाविसको नयाँ बस्तिमा चट्याङले लागेर एक जनाको ज्यान गएको । चार जना घाईते भएका छन । बुधबार सांझ ६ वजे तिर परेको चट्याङ लागेर नलाङ गाँउ विकास समितिको वडा नं ६ नयाँबस्तीका ५५ वर्षीया सुन्तली नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । लामो खडेरी पछि बुधवार दिउंसो पानी पर्न शुरु भएलगत्तै परेको चट्याङले लागेर सोही ठाउँका ३ जना घाइते भएका छन । यसै गरी गाँउमा रहेका घरपालुवा पशु पनि मरेको स्थानीयले वताएका छन । धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लका अनुसार चट्याङ लागेर घाईते १ महिला सहित अन्य तीन जना घाइते भएका छन । घाइतेहरुसबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ ।