मुख्य समाचार

जनज्योति निमाविको व्यावस्थापन समितिमा भरत उप्रेती चयन

By Dhading News

June 11, 2015

धादिङ–जेठ २८, धादिङको सल्यानटार गाउ विकास समिति वडा नम्वर ३ मा रहेको जनज्योति निम्न माध्यामिक विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा भरत उप्रेती चयन हुनुभएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले उप्रेतीको अध्यक्षतामा अन्य ५ सदस्यीलाई निर्विरोध चयन गरेको हो । विद्यालय व्यावस्थापन समितिको चयन नहुँदा विभिन्न प्रशासनीक काममा अप्ठेरो पर्दै आईरहेको थियो । यसैबिच श्यामबहादुर दरैको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ । भेलामा विद्यालयका प्रधानाध्यापक हरिराम बुर्लाकोटी, स्रोतव्यक्ति ज्ञानेन्द्र प्रसाद खकुराल, शिक्षक, अभिभावक, विभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।