धादिङ–जेठ २८, मोटरसाईकल दुर्घटनामा परेर एकिकृत नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य दिपक विश्वकर्मा गम्भिर घाईते हुनुभएको छ । धादिङबेसीबाट सुनौला बजारमा राहत वितरण र अनुगमनको लागि जाने क्रममा बा ३२ प १९११ नम्बरको मा क्रममा नीलकण्ठ नगरपालीका वडा नम्बर ४ आँप टारीका दुर्घटना हँुदा विश्वकर्मा गम्भिर घाईते हुनुभएको हो । घाईतेको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनमैत्री अस्पताल लगिएको छ । बाटो चिप्लो भएरको कारण मोटरसाईकल सडकबाट तल खोल्सामा खसेर दुर्घटना भएको हो ।