कभर फोटो

पिपलछापका २४ परिवारलाई व्यक्तिगत पहलमा राहत

By धादिङ न्यूज

June 11, 2015

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ पिपलछापका २४ घर परिवारलाई व्यक्तिगत पहलमा राहत वितरण गरिएको छ । धादिङ घर भई  हाल अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन इन्टरनेशनलमा कार्यरत अनु श्रेष्ठले आफ्नो गाउंवासीलाई परेको चोट कम गराउन साथीहरुको पहलमा आर्थिक संकलन गरि राहत सामाग्री बितरणका लागि गाउंमा पठाउनु भएको हो । पिपलछापका २४ घर परिवारलाई एक एक वटा त्रिपाल,वाल्टिन,जग, झुल,पांच पांच वटा मञ्जन र सावुनका साथै एक एकवटा टावेल,ब्रस राहत स्वरुप वितरण गरिएको सुमन श्रेष्ठले जानकारी दिनु भयो । खाद्यान्न लगायतका राहत सामाग्री बितरणमा धेरैको ध्यान गएपनि घर भित्र प्रयोगमा आईरहने तर धेरैको चासोमा नपर्ने उपयोगी र अति आवश्यक सामाग्री दिंदा थप प्रभावकारी हुने श्रेष्ठले वताउनु भयो ।

साथमा फोटो फिचर