मुख्य समाचार

एक बिहानै धादिङमा भुकम्पको धक्का महशुस

By Dhading News

June 12, 2015

धादिङ , जेष्ठ २९ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छ । शुक्रबार बिहानै धादिङमा पनि पराकम्पनको एक झड्का मापन गरिएको छ ।

शुक्रबार बिहान १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । रातको समयमा भएको कारणले अधिकांसले धक्का महसुन गरेका छैनन् । ठुलो आवाज सहित धक्का महसुस भएपछि केहि मानि सुरक्षित स्थान तर्फ लागेका थिए । यसअघि विहीबार तीनओटा पराकम्पन मापन भएका थिए ।