मुख्य समाचार

पुनःनिमार्णको लागि ग्रामिण भेगामा कामदारको अभाव

By Dhading News

June 13, 2015

धादिङ–जेठ ३०,अस्थाई टहरो निमार्णको लागी ग्रामिण भेगमा कामदार अभाव हुन थालेको छ । युवाहरु विदेश पलाय भएपछि गाउँमा अस्थाई घर टहरो बनाउको लागि समस्या परेको हो । सरकारी निर्णय र दक्ष कामदारको अभावमा ग्रामिण क्षेत्रमा भुकम्प पिडितले घर भत्किएको डेढ महिना बितिसक्दा पनि निमार्णको काम थाल्न सकेका छैनन् । भुकम्पले पु¥याएको क्षति पुननिमार्णको लागि कामदार अभाव भएको छ । अस्थाई घर निमार्णका लागि समेत कामदार नपाऊँदा थप समस्या भएको छ । दक्ष जनशक्तिको अभाव र सरकारले असार मसान्तसम्म नयाँ घर निमार्णमा रोक लागएपछि भुकम्प पिडित निमार्णमा अग्रसर हुन सकेका छैनन् । भत्केका घर हटाई नसकेको अवस्थमा पिडित तयाँ घर निमार्ण गर्न सक्ने अवस्थामा छैनन् । धादिङबेसीका क्षती पुगेका घर भने एक तला राखेर भत्काईएको छ । पसल तथा विभिन्न प्रयोजनको लागि हुने गरि जस्ता राखेर बनाईएको छ । बर्षा सुरु हने बेला भएकोले सबै आ–आफ्नो घर निमार्णको लागि लागेकोले गाउँमा कामदार पाउन गाह्रो परेको छ । अब विस्तारै नागरिकहरु खेतीकिसानमा लाग्नुपर्ने बेला भएकोले पनि बर्षा अगावै अस्थाई टहरा बनाउन समस्या हुने देखीन्छ ।