धादिङ, ३१ जेठ । आइतबार एकाबिहानै नुवाकोट केन्द्र बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ५ बजेर ५९ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प महसुस गरिएको छ ।
धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पपछि यसको पराकम्पन जानेक्रम अहिलेसम्म रोकिएको छैन । शनिबार पनि दोलखा केन्द्र बनाएर ५.२ रेक्टर स्केलको शक्तिशाली पराकम्प महसुस गरिएको थियो