मुख्य समाचार

शान्ति समाजको जस्ता सहयोग दामेचौरको आदर्श माविलाई

By Dhading News

June 14, 2015

धादिङ- मानवअधिकारको क्षेत्रमा क्रियाशील शान्ति समाजले भूकम्प प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा  धादिङको एक विद्यालयलाई

 तथा अत्यावश्यक सामग्री प्रदान गरेको छ ।

समाजका अनुसार धादिङ जिल्लाको दामेचौरस्थित आर्दश माविका लागि रु एक लाख ९३ हजार बराबरको जस्तापाता उपलब्ध गराइएको छ । सो विद्यालयमा ४५० जना विद्यार्थी अध्यनरत छन् ।

यस्तै छाँपडाँडास्थित शिवशङ्कर प्राविका लागि जस्तापाता तथा पिउनेपानीको ट्याङ्की उपलब्ध गराइएको छ । समाजका आजीवन सदस्य खिमानन्द कँडेलले उपलब्ध गराउनुभएको रु एक लाख ६० हजार ३६९ र जापानमा रहेका नेपालीले उपलब्ध गराएको रु ३२ हजार रकमबाट ती दुई विद्यालयलाई सहयोग उपलब्ध गराइएको समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।