मुख्य समाचार

भुकम्प पश्चात धादिङको जनजिवन सामान्य बन्दै, नागरिकहरु कृषि काममा जुट्दै

By Dhading News

June 20, 2015

   धादिङ–असार ५,,बैशाख १२ गते गएको विनासकारी महाभुकम्प पछि नागरिकहरु सामान्य जिवनशैली तीर फर्किन थालेका छन् । महाभुकम्प पछि स–साना भुकम्पका धक्काहरु महसुस गरे पनि नागरिकहरुलाई १२ गतेको जस्तो ठुलो नआउनेमा ढुक्क देखिन्छन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुले भुकम्प प्रभावित क्षेत्रमा मनोपरामर्शका कार्यक्रम र मनोरञ्जनात्मक क्रियाकलापका कारणले पनि भुकम्प प्रभावित नागरिकहरुले केही हदसम्म सामान्य जिवनशैली फर्किन उत्प्रेरीत गरेको हो । सबै नागरिकहरु डर त्रासबाट मुक्त भएर आ आफ्नो काममा व्यस्त देखिन्छन् । घर भत्कीएकाहरु आफ्नो टहरो निर्माणमा व्यवस्त भएका छन् भने मानो रोपेर मुरी उब्जाउनका लागी आफ्नो खेतमा कृषकहरु धानको विउँ राख्नमा व्यवस्त छन् । विनासकारी भुकम्पका कारण कृषकहरु धानको विउँ गुमाएता पनि जिल्ला कृषि विकास कार्यलय धादिङ र अन्य संघ संस्थाले राहत स्वरुप धानको विउँ वितरण गरेकोले सबै स्थानमा रोपाई हुने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । भुकम्पको त्रासलाई भुलेर कृषकहरु अहिले आफ्नो काममा व्यस्त बनेका छन् ।