राष्ट्रिय समाचार

बहिरा चेपाङ बालिका बिद्यालय भर्ना

By Dhadingnews.com

June 05, 2013

धादिङ,२२ जेठ ( धादिङन्युज )। बिगत १५ दिन देखि चितवन जिल्लाको रत्ननगर १३ जयमंगला मा रहेको गामबेशिको चेपाङ संरक्षण केन्द्र आश्रय लिएर बसेकी बहिरा बालिका शुश्मा चेपाङ जेठ २१ गते  सँङकेतीक भाषामा पढाई हुने बिद्यालयमा भर्ना भएकी छिन् । चितवनको  दाहखानी ७ खेतबारी पिपलटारकी मानबहादुर र लालमाया चेपाङकी १० बर्षीय छोरी शुश्मा चेपाङलाई मंगलवार संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चितवन उच्च माबि का प्राचार्य राम प्यारी शर्मा र सोही बिद्यालयका स्रोत शिक्षक रामजि अधिकारीको सहयोगमा चितवन उच्च माबि भरतपुरमा  भर्ना गरीएको हो । बोल्न नसक्ने शुश्मा लाई सँङकेतीक भाषाको कक्षाको जरुरत पर्ने भएकाले सो बिद्यालयमा भर्ना गरीएको संरक्षण केन्दका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनु भयो ।