रोजगारी/समृद्धि

तपाईको आजको राशिफल

By धादिङ न्यूज

June 23, 2015

२०७२ साल असार ८ गते मंगलबार आजको पञ्चाङ्ग

मिति २०७२ साल आषाढ ८ गते मंगलबार, तदनुसार जून २३ सन् २०१५, श्रीशाके १९३७, नेपाल संवत् ११३५, कीलकनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकआषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज अधिकआषाढशुक्लपक्षको सप्तमी तिथि ५१ घटि ३५ पला अर्थात रातिमा १ बजेर ४९ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा ४३ घटि २० पला अर्थात रातिमा १० बजेर ३१ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३४ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ११ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।