धादिङ–मगर बिद्यार्थीहरुलाई संगठित गरि उनिहरुको हक हित र साझा समस्या समाधानका लागि पहल गर्ने उद्धेश्यले कृयाशिल रहेको नेपाल मगर बिद्यार्थी संघ धादिङको अध्यक्षमा भोजवहादुर थापा चयन हुनु भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न संघको चौथो जिल्ला अधिबेशनले आगामी एक बर्षका लागि पुनःभोजवहादुर थापालाइ संघको अध्यक्षमा १७ सदस्यिय कार्य समिति चयन गरेको हो । अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा मिरा रानामगर,सचिवमा कोपिला रानाम मगर,सह सचिवमा भावना पुलामी र कोषाध्यक्षमा पवित्रा राना चयन हुनु भएको छ । संघका केन्द्रिय अध्यक्ष दिपा आलेको प्रमेख आतिथ्यमा सम्पन्न अधिबेशनको अध्यक्षता भोजवहादुर थापाले गर्नु भएको थियो । अधिबेशनकै अवसर पारेर नेपाल मगर बिद्यार्थी संघ धादिङले २०७१ सालको एसएलसी परीक्षामा उत्तिर्ण हुने मगर बिद्यार्थीहरुलाई सम्माान समेत गरेको थियो । बिद्यार्थी सम्मान तथा अधिबेशन कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय तथा जिल्ला तहका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि,मगर समुदायसंग सम्वन्धित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।