कभर फोटो

खाजा कटाएर आफू पढेको विद्यालयमा सहयोग

By धादिङ न्यूज

June 30, 2015

धादिङ –  जर्मनका विद्यार्थीले खाजा कटाएर बाँकी रहेको रकम धादिङको नीलकण्ठ नगरपालिकामा रहेको इजारा निमाविलाई आज हस्तान्तरण गरिएको छ ।

   

 जर्मन स्थित बर्लिन मेट्रो पोलिटियन स्कूलका विद्यार्थीहरुले हरेक दिन खाजा खाँन ल्याएको रकम सहयोग बाकसमा जम्मा पारेको ९७ युरो (करिब रु १० हजार) नेपाल पठाएपछि सहयोग रकम प्राप्त भएको हो ।

     सानोमा आफैँ पढेको विद्यालय भुकम्पले क्षतिग्सत भएपछि मानस रुपाखेतीको नेतृत्वमा संकलन गरिएको सो रकम कोसोक नेपाल नाकम गैर सरकारी संस्थाले एक कार्यक्रम गरि इजारा निमाविलाई हस्तान्तरण गरेको छ । कोसोक नेपालको तर्फबाट कार्यबहाक अध्यक्ष सीताराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर थापालाई रकम हस्तान्तरण गरिएको हो ।

     रकम बुझेपछि व्यवस्थापन समितिका अध्यक्ष थापाले समस्यामा परेको बेला विद्यालयमा प्राप्त रकमले ठूलो राहत महसुस भएको बताउनुभयो ।

     भुकम्पले २ कोठा बाहेकको सम्पूर्ण भवन ध्वस्त भएकोले इजारा निमाविका त्रिपालमा राखेर विद्यार्थीहरुको पढाइ भइरहेको छ भने आर्थिक अभावले गर्दा उधारोमा सामान ल्याएर अस्थाइ कक्षा कोठा बनाउँदै गरेका विद्यालयका प्रधानाध्यापक शान्ति श्रेष्ठले बताउनुभयो ।