मुख्य समाचार

चटपटे खाँदै हुनुहुन्छ ? होसियार हुनुहोस्

By Dhading News

July 02, 2015

धादिङ– असार १८, अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ। चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ। बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्को लाग्छ। चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको छ। भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ। चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर ९एसिड० अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ। जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पु¥याउने चिकित्सकले बताएका छन् । तर नियमन निकाय भने मौन रहेको छ । धादिङबेसीमा बजारमा दुई दर्जन भन्दा बढी चटपटे पसलहरु रहेका छन् । चोकचोकमा बसेका मधेशी मुलका नेपालीहरुले न त आफ्नो व्यक्तिगत सरसफाईमा नै ध्यान दिएका छन् न त चटपटेमा प्रयोग हुने सामाग्रीनै छोपेर राखेका छन् । चिकित्सक भनाई अनुसार , ‘ चपटपटे खानु स्वास्थ्यका लागि एकदमै हानिकारक हो।’