कभर फोटो

बिद्यालय वनाउन फेसबुकवाट अभियान

By Dhading News

July 10, 2015

धादिङ ः भौगोलिक रुपमा धादिङ जिल्लासंग कुनैपनि नाता छैन कास्की पोखराका मोहनराज बराल ‘मुन’को । तर उनले मन भने यतिखेर धादिङका जिल्लाका विकट बस्तीहरुमा वैशाख १२ गतेको विनाशकारी भुकम्पले भत्काएको विद्यालयहरुमा डुलाइरहेको छन । भुकम्पका कारण धादिङका विद्यालयहरु क्षत विक्षत बनेको विभिन्न संचारमाद्ययमहरुमा समाचार प्रकाशित भएपछि बरालको ध्यान धादिङका विद्यालयतिर पर्यो । भत्किएका विद्यालयहरु बनाउन बरालले यतिखेर फेसुबुक बाटै सहयोग संकलन गरि अति विपन्न र गरिव परिवारका बालबालिकाहरु अध्ययन गर्ने विद्यालय बनाउन सहयोग गर्दे आएका छन । अहिलेसम्म धादिङका विभिन्न गाउँ विकास समितिका १२ वटा भन्दा बढी विद्यालयहरुमा विद्यालय बनाउनको लागि जस्तापाता र विद्यार्थीहरुको लागि किताव कापी र झोलाको साथमा अन्य स्टेशनरी सामाग्री पनि वितरण गरिसकेका छन । बरालले भने, ‘भुकम्पले गर्दा नराम्रोसंग प्रभावित भएका १४ वटा जिल्लामध्येमा धादिङ पनि एउटा रहेको र ग्रामिण क्षेत्रमा ढुङगामाटोले बनेका अधिकाँश घर तथा विद्यालयहरु ध्वस्त भयो । मानिसहरुले आफु बस्ने घर त आफै बनाउछन तर विद्यालयलाइ कसैले बास्ता गर्दैनन भनेर मैले विद्यालय बनाउनको लागि फेसबुक अभियान संचालन गरेको हो ।’ समाज शिक्षित भएमात्र समाजको विकाश सम्भव हुनेभएकाले भुकम्पले गर्दा पुर्ण रुपमै पठनपाठन ठप्प भएका विद्यालयहरुमा बालबालिकाहरुले पढाइ छोड्न नपरोस भनेर जस्तापाता र विद्यार्थीहरुको लागि स्टेशनरी सामाग्री सहयोग गर्दे आएको उनले बताए । बरालले भने, ‘भुकम्पले आर्थिक रुपमा सम्पन्नशालि रहेका विद्यालयहरु पनि भत्काएका छन तर हाम्रो अभियानबाट संकलन भएका सहयोगहरु हामी अति विपन्न र गरिब परिवारका बालबालिकाहरु अध्ययन गर्ने ठाउँमा रहेका विद्यालय बनाउन सहयोग गर्दै आएका छौ ।’ अहिलेसम्म उनले महादेवस्थान र जोगिमाराका चेपाङ बालबालिकाहरु अध्ययन गर्ने विद्यालय र उत्तरी क्षेत्रको सल्यानकोट गाउँ विकास समितिमा रहेको आठ वटै विद्यालयहरुमा भवन बनाउनको लािग आवश्यक पर्ने जस्तापता र विद्यार्थीहरुलाइ स्टेशनरी समाग्री वितरण गरेका छन । फेसबुकबाट सहयोग संकलन गरेर विद्यालय बनाउने अभियानमा उनलाइ विदेशमा रहेका साथीहरुले पुर्ण रुपमा सहयोग गरेका छन । ५ वर्ष बेलायत बसेर फर्केका बरालले भने, ‘फेसवुक मार्फत विपन्न बालबालिका अध्ययन गर्ने विद्यालय बनाउने अभियान सुरु गरेको जानकारी गराएपछि विदेशमा रहेका कतिपय साथीहरुले उता बच्चाको भातखुवाइ गर्ने खर्च यता विद्यालय बनाउन पनि पठाएका छन ।’ केही दिन अघि जस्तापाता लिएर पिडा गाउँ विकास समित वडा नं २ मा रहेको मानेभन्ज्याङ प्राविमा बराल पुगेका थिए । दलित र विपन्न परिवारका ८१ जना बालबालिकाहरु अध्ययन गर्ने मानेभन्ज्याङ प्राविमा को चेपाङ र दलित परिवारका बालबालिकाहरु अध्ययन गर्ने मानेभन्ज्याङ प्राथमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रेशम श्रेष्ठले बताए । फेसवुकमार्फत विद्यालय बनाउने अभियान सुरु गरेपछि उनलाइ बेलायत, अस्ट्रेलिया, दुवइ, अमेरिका हङकङ लगायतका ठाउँमा रहेका साथीहरुले नगद तथा भौतिक सहयोग गर्दे आएका छन । धादिङमात्र नभइ कास्की र स्याङजाका २ वटा प्राथमिक विद्यालयहरुलाइ पनि भवन बनाउनको लागि आवश्यक पर्ने जस्तापाता सहयोग गरको बरालले बताए ।