राष्ट्रिय समाचार

बुढीगण्डकी आयोजना जसरी पनि बन्ने प्रधानमन्त्री कोइरालाको भनाई

By Dhading News

July 12, 2015

प्रधानमन्त्री सुशील कोइरालाले बुढीगण्डकी जलविद्युत आयोजना जसरी पनि बनाउने बचन दिनुभएको छ ।  बुढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार समिति र गोरखा तथा धादिङ्का जनप्रतिनिधिहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कोइरालाले आउने बजेटमा समेत आयोजनालाई प्राथमिकतामा राखिने आश्वासन दिनुभयो । आयोजनाका बारेमा विशेष ध्यान दिन अर्थमन्त्री डा. रामशरण महत र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई पनि विशेष निर्देशन दिएको जानकारी प्रधानमन्त्रीले दिनुभयो । टोलीले राष्ट्रिय गौरवको रुपमा रहेको बुढीगण्डकी आयोजना शीघ्र निर्माण गर्नुपर्ने र आउँदो आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रममा परिसकेको आयोजना निर्माणको लागि जग्गा अधिग्रहणका कार्यक्रम यसै बर्ष शुरु गर्न पनि आग्रह गरेको थियो । १२ सय मेगावाट क्षमतामा विकास गर्ने लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बुढीगण्डकी जलाशययुक्त आयोजनाको डिपीआर अन्तिम चरणमा पुगेको छ ।