कभर फोटो

खयरघारीमा ट्रक पल्टिंदा दुईको मृत्यु तीन घाइते

By धादिङ न्यूज

July 25, 2015

धादिङ,९ साउन ः धादिङ जिल्लाको भुमेस्थान गाविसको खयरघारी स्थित पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुंदा दुई जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन । काठमाण्डौंबाट मकवानपुरको हेटौंडा तर्फ जांदै गरेको ना ५ ख ७७१७ नम्बरको ट्रक शनिवार विहान ३ वजे तिर सडकबाट एक सय मिटर तल महेशखोलामा खस्दा दुईजनाको घटनास्थलमानै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा हेटौंडा घर भएका ट्रक चालक मनहर धिताल र सह चालक अविनाश घिमिरे रहेका छन । तीन जना घाईतेहरुको उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाईएको छ । राती पानी परेका कारण सडक चिप्लो भएर ट्रक चिप्लिन गएको हुन सक्ने अनुमान गरिएको छ ।