कभर फोटो

पहिरो हटाएपछि जवाङमा पृथ्वीराजमार्ग एकतर्फि खुल्यो

By धादिङ न्यूज

July 30, 2015

जवाङ (धादिङ,)-पहिरोको कारण रातभर अवरुद्ध हुन पुगेको धादिङको जोगिमारा गाविसको जवाङ स्थित पृथ्वीराजमार्गमा विहिवार विहानबाट एक तर्फि यातायात संचालनमा आएको छ ।

बुधवार सांझदेखि परेको बर्षाका कारण राजमार्गको आवागमननै ठप्प पार्ने गरि जवाङमा पहिरो खसेपछि बुधवार राती ८ वजे देखि पृथ्वीराजमार्गको जोगिमारा मुग्लिन खण्डमा सवारी साधन रोकिन पुगेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन सडक विभाग अन्र्तगत धादिङको गजुरी स्थित साईट कार्यालयवाट गएको डोजरले पहिरो पन्छाएपछि विहान ७ वजेबाट आवागमन एकतर्फि खुलेको प्रहरीले जनाएको छ । सडक भन्दा माथि ढुंगाखानी भएका कारण खानीक्षेत्रबाट झरेको ढुंगा र माटो सहितको लेदोले जवाङमा हरेक बर्ष पटक पटक सडक अवरुद्ध पार्ने गरेको छ । बुधवार रातीप् देखि सडक वन्द हुंदा राजधानीवाट वाहिरका लागि छुटेका र वाहिरवाट राजधानी आउंदै गरेको एक हजार भन्दा बढी सवारी साधन पहिरोको कारण रोकिंदा हजारौं यात्रुको रातभरी बिच्चली हुन पुगेको थियो । रातभरी पानी परेपछि पहिरो खस्नेक्रम नरोकिएकाले रातीनै पहिरो पन्छाउने प्रयास असफल भएपछि विहान मात्रै पहिरो हटाएर सडकको आवागमन एकतर्फि खुलाईएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो ।

तस्बिर : जोगिमारा धादिङको फेसबुकबाट