कभर फोटो

अचने उच्च माध्यमिक विद्यालयलाई ‘इन्टरनेसनल स्कुल्स अवार्ड

By धादिङ न्यूज

August 14, 2015

नेपालका बाह्र विद्यालयले ब्रिटिस काउन्सिलको ‘इन्टरनेसनल स्कुल्स अवार्ड’ पुरस्कार प्राप्त गरेका छन् शिक्षा मन्त्रालयले अनुमोदन र सहयोग जारी राखेको कनेक्टिङ् क्लासरुम परियोजना अन्तर्गत सो पुरस्कार प्रदान गरिएको हो । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बराल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले संयुक्तरुपमा ती पुरस्कार प्रदान गर्नुभयो पुरस्कृत हुनेमा श्री अचने उच्च माध्यमिक विद्यालय (धादिङ्), सिर्जना सामुदायिक माध्यमिक विद्यालय (कास्की), सेन्ट क्यापिटानियो स्कुल (पाल्पा), आदर्श अँग्रेजी आवासीय माध्यमिक विद्यालय (पर्वत), दुर्गा निम्नमाध्यमिक विद्यालय (बाग्लुङ्), त्रैविद्या शिक्षा सदन (काठमाडौँ), सकल्या स्कुल (युरो किड्स, छाउनी), काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडमी (आरआइए) काठमाडौं, बेबिलोन नेशनल स्कुल काठमाडौँ, कर्णाली एजुकेशन फाउन्डेशन (झापा), सूर्यज्योति निम्नमाध्यमिक अँग्रेजी आवासीय विद्यालय (झापा) र दिल्ली पब्लिक स्कुल (धरान) छन्। पुरस्कृत विद्यालयले तीनवर्षका लागि सम्पूर्ण आधिकारिक मसलन्द तथा प्रवद्र्धनात्मक सामग्रीमा विद्यालयको लोगोका साथ इन्टरनेसनल स्कुल अवार्डको आकर्षक काइटमार्क प्रयोग गर्न दिइनेछ ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक ब्रेन्डन क्याक्शेरी ओबिइले बढ्दो विश्वव्यापी अर्थव्यवस्थामा समृद्ध एवम् मैत्रीपूर्ण संसारको सुनिश्चितताका लागि विद्यार्थी, उनीहरुका सिकाई र सीपहरुको विकासका कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय सिमानाभन्दा परसम्म आपसी क्रियाकलाप र सञ्चार गर्न तयार रहनु अत्यावश्यक भएकाले पुरस्कारको थालनी गरिएको बताउनुभयो