मुख्य समाचार

कुनै पनि हालतमा एक मधेस एक प्रदेश बनाउन हुँदैनः मन्त्री बस्नेत

By Dhading News

August 15, 2015

 

भक्तपुर, साउन ३०– उद्योगमन्त्री महेश बस्नेतले कुनै पनि हालतमा एक मधेश एक प्रदेश हुन नहुनेमा जोड दिएका छन् । चार दलबीच भएको सहमतिमा जातीय राज्य नबनाउने, विखण्डन हुने गरी एक मधेस एक प्रदेश नबनाउने र सबैको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने गरी संविधान ल्याउन भएको सहमति भएको उनको भनाई छ ।

दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उनले भदौ १५ गतेभित्र कुनै हालतमा संविधान जारी समेत दाबी गरे ।

उनले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको छ प्रदेश वैज्ञानिक भएको बताए ।

सो अवसरमा मन्त्री बस्नेतले आफ्नो कृति ‘म महेश’ को बिक्रीबाट आएको पहिलो रकम पाँच हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले आफूआबद्ध खेलकुद संस्थाको २५ हजार सोही विद्यालयका विद्यार्थीलाई इन्टरनेट सञ्चालन गर्नका लागि हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयभन्दा कम नरहेको बताए ।

सो अवसरमा ११० विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही रु एक हजारका दरको छात्रवृत्ति र सहयोगी निमा शेर्पाले उपलब्ध गराएको विद्यालय पोसाक वितरण गरिएको थियो ।