कभर फोटो

दादुरा–रुबेला खोप अभियान धादिङमा जारी, ३ सय १० जना चिकित्सक सहित ४ सय ६५ स्वास्थ्यकर्मी परिचालन

By धादिङ न्यूज

August 16, 2015

धादिङ– साउन, दादुरा रुबेलाको महामारी फैलन नदिन धादिङमा दादुरा रुबेला र पोलियो रोग विरुद्धको खोप अभियान सुरु भएको छ । अभियानमा जिल्लाभरका ६ महिनादेखि ५ बर्षसम्मका करिव ३३ हजार बालबालिकालाइ खोप दिइने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । पहिलो चरण अन्तरगत भदौ ५ गतेसम्म नगरपालिका सहित २७ गाउँ विकास समितिमा खोप अभियान संचालन गरिने र भदौ ८ गतेदेखि १६ गतेसम्म वाँकी रहेका गाउँ गाविसमा अभियान सञ्चालन गरिने छ । खोप अभियान सफल बनाउनको लािग विभिन्न विद्यालयका शिक्षकहरु र गाउँ गाउँमा अभियान नै चलाइएको छ । ३ सय १० जना चिकित्सक र ४ सय ६५ जना स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेर संचालन भैरहेको खोप अभियानबाट दादुरा–रुवेला विरुद्धको खोप ३० हजार ३ सय ६२ जना बालबालिकाहरुलाइ लगाइने र पोलियो थोपा ३४ हजार १ सय २२ जनालाइ खुवाइले लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।