मुख्य समाचार

आफ्नै बन्दुकको गोली लागेर हवल्दार घाइते

By Dhading News

August 17, 2015

साउन ३२-आफ्नै बन्दुकको गोली लागेर एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् । सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर घाइते भएका हुन् । नवलपरासीको बेलासपुरमा बन्द आह्वानकर्ता र प्रहरीबीचको झडपका क्रममा सुरक्षार्थ खटिएका कुमालको खुट्टा चिप्लिँदा बन्दुकको गोली उनको खुट्टामा लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । घाइते कुमालको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । नवलपरासी थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्द आह्वानका कारण आज पनि बन्द छ । नवलपरासीको बेलासपुर, तिलकपुरलगायतका विभिन्न स्थानमा आज पटक पटक प्रहरी र बन्द आह्वानकर्ताबीच झडप भएका छन् ।