हाम्रो पालिका

नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको हृदयघातका कारण असामयिक निधन

By Dhadingnews.com

June 06, 2013

धादिङ,२३ जेठ (धादिङ न्युज )नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको असामयिक निधन भएको छ । सिम्खडाको आज विहान काठमाण्डौमा निधन भएको हो ।

काठमाडौँ मैप्पी स्थित आफ्नै निवासमा हृदयघातका कारण बेहोस भएपछि सिम्खडालाई उपचारका लागि बालाजु स्थित जनमैत्री अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँने वित्तिकै चिकीत्सकहरुले सिम्खडालाई मृत घोषणा गरेका थिए । सिम्खडाको निधनप्रति नेपाली कांग्रेस धादिङले एक प्रेस बिज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसको विभिन्न समयमा भएका आन्दोलन र संगठन अभियानमा अत्यन्त सक्रिय नेता सिंखडा धादिङ कांग्रेसको एउटा अभिन्न धरोहरको रुपमा रहनुभएको नोपली कांग्रेस धादिङले जनाएको छ । सिम्खडाको निधनले पार्टी संगठन र सिंगो नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनमा ठूलो क्षति भएको नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । स्वर्गिय सिम्खडाको पार्थिव  शरीरलाई आज दिउँसो १२ बजे सम्म जनमैत्री अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने र १ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिने परिवारजन संगको सल्लाहबमोजम कार्यक्रम तय गरिएको बिज्ञप्तिमा उल्लेख छ । काठमाडौंमा बस्दै आएका सिंखडाले ५२ लाख रुपैयाँ खर्चेर आफ्नो पुख्र्यौली गाउँमा विद्यालय भवन बनाइदिएका छन् । राजनिती सँगै समाजसेवाको क्षेत्रमा पनि निकै सकृय सिंखडाको सहयोगमा धादिङको विकट गाउँ गुम्दीको नन्दाभद्रा विद्यासदनको नयाँ भवन बनेको थियो  । आफ्ना माता पिताको सम्झनामा सिंखडाले बनाइदिएको नवनिर्मित भवन एक साता अघी मात्र  भव्य समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको थियो  । काठमाडौंमा बस्दै आएका सिंखडाले ५२ लाख रुपैयाँ खर्चेर आफ्नो पुख्र्यौली गाउँमा विद्यालय भवन बनाइदिएका हुन  ।