मुख्य समाचार

प्रधानमन्त्री सहित ओली, प्रचण्ड लगायतलाई भौतीक कारवाही गछौ: लेखी

By Dhading News

August 29, 2015

 

   थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । आज इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखीले प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावललको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् । अधिकारप्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दवाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउदै उनले तराइ र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्ने चेतावनी दिएका छन् । लेखीले अखण्ड सुदुरपश्चिमको कुरा निकालेर थारुहरुको अधिकार खोस्न खोजेको पनि आरोप लगाए। लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा भने कमजोरी भएको स्विकार गरेका छन् । उनले कैलाली लगायतका  जिल्लामा भएको थारु आन्दोलनमा पनि कार्यकर्ताहरुले त्रुटिपूर्ण काम गरेको भएपनी नेतृत्वका हिसावले आफुले घटनामा कमजोरी भएको स्विकार गर्दै माफि समेत मागेका छन् । उनले तराईका २२ जिल्लामा चार प्रदेश निर्माण गर्नु पर्ने माग गरेका छन् ।