मुख्य समाचार

एमाओवादीभित्रका पूर्व जनमोर्चा नेता तथा कार्यकर्ताहरुको भेला शुरु

By Dhading News

September 12, 2015

पोखरा, –एकीकृत नेकपा माओवादीभित्र रहेका असन्तुष्ट पूर्व जनमोर्चा कार्यकर्ताहरुको भेला शनिबार दिउँसो पोखराको कार्कीडाँडामा चलिरहेको छ ।कार्यकर्ताहरुको सहभागिता रहेको छ । २०६४ सालमा तात्कालीन नेकपा माओवादीसँग जनमोर्चा नेपालले पार्टी एकीकरण गरेको भएपनि त्यसपछिका दिनहरुमा आफूहरु पार्टीभित्रै दोसा्रे दर्जाको कार्यकर्ता बन्नुपरेको, आफूहरुले पार्टीमा राखेका कुराहरुको सुनुवाई नहुने गरेको, उचित जिम्मेवारी नदिएको, र आफूहरुका कामको उचित मूल्यांकन नभएको भन्ने पूर्व जनमोर्चा कार्यकर्ताहरुको असन्तुष्टि व्यक्त गरेका छन् । तात्कालीन अवस्थामा भूमिगत अवस्थामा रहेको नारायणकाजी श्रेष्ठ “प्रकाश”को नेतृत्वको एकताकेन्द्र मशाल र त्यसको खुल्ला मोर्चा जनमोर्चा नेपाल र तात्कालीन नेकपा माओवादी पार्टीबीच पार्टी एकीकरण भएर अहिलेको एकीकृत नेकपा माओवादी पार्टी बनेको हो । कार्कीडाँडामा चलिरहेको भेलामा एकीकृत नेकपा माओवादी कास्कीका सचिव गंगा पोखरेल लगायत जनमोर्चाबाट हाल एमाओवादीमा जिम्मेवारी लिइरहेका अधिकाँश नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको समाचारस्राेतले जानकारी दिएको छ । भेलामा सहभागीहरुले “अब एमाओवादीभित्र बस्नुको औचित्य नरहेको” धारणा राखेको बताइएको छ ।

वनभोज कार्यक्रमका रुपमा आयोजना गरिएको सो भेलामा करीब ५० पूर्व जनमोर्चा