घटना /दुर्घटना/ अपराध

डिर्भोस भएका महिलालाई विहे गर्ने भन्दै ठग्दै हिड्ने पक्राउ

By धादिङ न्यूज

September 19, 2015

धादिङ -विभिन्न प्रलोभनमा पारेर सम्वन्ध विच्छेद भएका तथा एकल महिलालाई ठगी गर्दै हिड्ने एक युवक शुक्रवार धादिङबेसीमा पक्राउ परेका छन ।

व्यक्ति पिच्छे फरक फरक ठेगाना बताउंदै ठगी कार्यमा संलग्न रहंदै आएका सोलुुखुम्बु जिल्ला तिङ्ला गाविस ६ लामुमाने बस्ने २९ बर्र्षीय सन्तोष कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङको बिशेष टोलीले शुक्रवार पक्राउ गरेको हो । प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेको नेत्तृत्वमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले निज कार्कीलाई पक्राउ गरेको हो । आफुलाई कहिले प्रकाश रानाभाट, कहिले प्रकाश थापा, घर मोरङ विराटनगर, चितवन, उदयपुर, ओखल्ढुङ्गा बताउने तर बास्तविक वतन जिल्ला सोलुखुम्बु तिङ्ला ६ लामुमाने भएको वर्ष २९ को सन्तोष कार्की भएको पाईएपछि निजलाई पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । लामो समय देखि ठगी धन्दामा संलग्न रहँदै आएका कार्कीले एकल महिलाहरु र सम्वन्ध विच्छेद गरेर बसेकाहरुलाई उद्धार गर्ने भन्दै गएको साउन १३ गते एक नेपाली राष्ट्रिय दैनिक (कान्तिपुर दैनिक पत्रिका) मा २५ देखि ३० वर्ष उमेर भएका सम्वन्ध विच्छेद वा एकल खानदानी ईमान्दार महिलाले सिधा सम्पर्क राख्नु भनि आफ्नो फोन नम्बर सहित विज्ञापन गरी पछि सम्पर्कमा आएका महिलालाई विवाह गर्ने पलोभनमा पारी लाखौ नगद तथा सर सामान समेत लिई ठगी गर्दै हिडेको भन्ने उजुरी पर्न आए पछी निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । व्यक्ति पिच्छे घर ठेगाना र नाम समेत फरक फरक बताउने कार्कीले विज्ञापन पश्चात सम्पर्कमा आएकी महिलालाई विवाह गर्ने पलोभनमा पारी काठमाण्डौ कोटेश्वर स्थित एक महिलावाट रु ६,३५,०००।– ठगी गरेको महानगरिय प्रहरी परिसर काठमाण्डौमा उजुरी परे पश्चात निजको खोजी भई रहेकोमा निजले धादिङ जिल्लाको धादिङवेशी स्थित एक महिलावाट समेत यस्तै प्रकारको ठगी गर्ने नियतले आएको सुराकी पाएपछि निजलाई पक्राउ गरिएको प्रहरीले वताएको छ । धादिङवेशी स्थित महिलावाट १८,००० नगद तथा केही सरसामान यस अघिनै लिई सकेकोमा र निज महिलावाट पुनः पोखरा स्थित माछापुछ्रे बैंकमा रहेको १० लाख निकाल्न लगाई लिने उद्देश्यका साथ धादिङबेसी आएको मौका पारी महिलाको कोठावाटै निजलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको साथबाट ४ तोला सुनको गहना (सिक्री औठी), ४५ तोला चाँदीेको गहना, एक थान सामसुङ मोवाइल चश्मा र नगद ७,६५०।– बरामद गरिएको छ भने निजले बेग्ला वेग्लै ३ जना ब्यक्तिलाई ३ लाख २० हजार सापटी दिएको समेत प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । निजलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईने जिल्ला प्रहरी कार्यालय धादिङले वताएको छ ।