मुख्य समाचार

संविधान आएको खुसीयालीमा लड्डु खाँदै खुसी साट्दै

By Dhading News

September 20, 2015

धादिङ, – नेपालको संविधान २०७२ घोषणाको खुसीयाली मिठाइ खाँदै एक आपसमा खुसी साटासाट गरिएको छ । नेपाल प्रेस युनियन धादिङले संविधान सभा मार्फत नेपालको संविधान निर्माण सफल भएको अवसर पारी लड्डु खाँदै खुसीयाली साट्ने कार्यक्रम राखेको हो । कार्यक्रममा उपस्थित राजनैतिक दलका नेता, पत्रकार, कर्मचारी र सर्वसाधरणले राजनैतिक एकताबाट संविधान निर्माण सफल भएकोमा खुसी व्यक्त गरेका थिए । नेपाली जनताको ६७ वर्ष पुरानो आकाँक्षा पुरा भएको भन्दै यो ऐतिहासिक समयको भोग गर्न पाएकोमा सबैले खुसी साटेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी, एकीकृत नेकपा माओवादीका अध्यक्ष रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।