मुख्य समाचार

किन लत्रिए भारतीय राजदुत रंजित रे ? पछाडी हटेको अघि बढ्नलाई हुनसक्छ –

By Dhading News

September 24, 2015

काठमाडौं । भारतीय राजदुत रंजित रे बुधबार नेपाल फर्किए लगत्तै प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दा नरम र शालिन भएर प्रस्तुत भएका छन् ।

नेपाली नेताहरुले संविधान निर्माणको टुगों लगाएर अन्तिम तयारी थाल्दै निकै कडा र आक्रामक तथा आदेशात्मक रुपमा प्रस्तुत भएका रे यो पटक दिल्लीबाट फर्किएकै दिन निकै शालिन रुपमा प्रस्तुत भएको बालुवाटार स्रोत बताउँछ ।

नेपालको संविधान निर्माण प्रक्रियाकै बिच २ पटकसम्म भारत आउजाउ गरेका रंजित रे पछिल्लोपटक संविधान जारी भएको भोलीपल्ट दिल्ली गएका थिए । दिल्ली जानुअघि एमाओवादी अध्यक्ष प्रचण्डले बोलाएर भेट्दासमेत उनि ‘भारतले नेपाललाई देखाइदिने’ शैलिमा प्रस्तुत भएका थिए ।

भारतलाई नटेर्ने अवस्थाका बारेमा रिपोर्टिङ गरेका रेको रिर्पोट लगत्तै दिल्लीले मोदीका विशेष दुतका रुपमा विदेश सचिव एस. जयशंकरलाई नेपाल पठाएको थियो । जयशंरको आक्रोशपुर्ण र चेतावनीयुक्त भेटघाटपश्चात नेपाली नेताहरु प्रचण्ड, ओली र कोइरालाले एकैस्वरमा संविधान जारी भएर छोड्ने बताएका थिए ।

संविधान जारी भएलगत्तै २ पटकसम्म विज्ञप्ती जारी गरेर भारतले भनेको नमाने परिणाम राम्रो नहुने भन्दै नाकाबन्दीको समेत चेतावनी दिएको भारतलाई नेपाली नेताहरु र सर्वसाधारणले एकस्वरमा प्रतिवाद गर्न थालेपछि पछिल्लोपटक भारत केही नरम भएको हुनसक्ने अनुमान गरिएको छ ।

गत बुधबार एक दिन भारतले रक्सौल नाकाबाट तेल ढुवानी गर्न ढिलाढाला गरेर नेपालको प्रतिकृया बुझेको भारतले सोहीदिन नेपाली टुइटर प्रयोगकर्ताको आक्रोश ‘व्याकअफ इण्डिया’ नामक वल्र्डवाइज ट्रेण्डको शिकार हुन पुग्यो ।

नेपालका नेताहरुबाट एकपछि अर्को गर्दै भारतीय हस्तक्षेप अस्विकार्य हुने चेतावनी बेहोर्न थालेको भारतको नेपाल कुटनिती असफल भएको निष्कर्षमा भारत पुगेको कुटनितीक मामिलाका विज्ञहरु बताउँछन् । दिल्लीमा लामो छलफल गरेको राजदुत रे को ब्रिफिङ पश्चात नेपाल फर्किएका रे ले प्रधानमन्त्री कोईरालालाई तराई—मधेशको समस्या चाँढो हल गरेर आफूलाई नेपालको संविधान स्वागत गर्ने बाताबरण तयार गरिदिन आग्रह गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डलाई मधेशको समस्या हल गर्नेगरी नेतृत्व गरिदिन आग्रह गरेका थिए ।

चौतर्फी विरोध र अन्तराष्ट्रीय कुटनितीक दबाब पछि भारत केही पछाडी हटेपनि भारतले दुख दिईरहने नियत राखेको हुनसक्ने आँकलन नेपाली नेताहरु छन् । नेपालको संविधान निर्माण प्रक्रियालाई करिब ९० प्रतिशतको समर्थनमा टुग्याउँदासमेत भारतको हस्तक्षेप भएपछि भारत अन्तराष्ट्रियरुपमै नागिंएको थियो । अझ बुधबार मात्रै नेपालको संविधानमा भारतका ७ बुँदे सुझाव भनेर सार्वजनिक भएका ७ बुँदाले भारत झन अप्ठ्यारोमा परेको थियो । बुधबार साँझ भारतले अर्को विज्ञप्ती जारी गर्दै आफूले कुनै सुझाव नराखेको बताउन बाध्य भयो । नाकाबन्दीका सबालमा समेत आफुले त्यस्तो नगरेको र त्यो हल्लामात्रै भएको बताउन बाध्य भारत अहिले केही पछाडी हटेको जस्तो गरेपनि अघि बढ्नलाई हो भन्ने कुरामा कुनै सन्देह छैन । khabardabali.