मुख्य समाचार

सहकारी संस्थाहरुको संस्थागत सुदृढीकरण तालिम सम्पन्न

By Dhading News

September 26, 2015

धादिङ–भदौ ९, धादिङ सञ्चार सहकारी संस्था लिमिटेढ धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा सल्यानटार गाउँ विकास समिति वडा नम्बर ५ मा शुक्रबार सहकारी संस्थाहरुको संस्थागत सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाहरुलाई सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरीएको कार्यक्रममा उत्तरी धादिङका ३० भन्दा बढी सहकारीका सन्चालनक, प्रवन्धक र अध्यक्षहरुको सहभागिता रहेको थियो । धादिङ सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र बस्नेतको अध्यक्षता र साना किसान कृषि सहकारी संघ धादिङका उपाध्यक्ष फणीकान्त छत्कुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष पोषनाथ अधिकारी, महासचिव मुरारी अधिकारी र नेपाल पत्रकार महासंघ धादिङका सभापति नवराज छत्कुलीको आतिथ्य रहेको थियो । आर्थिक विकासको लागि सहकारीको महत्वपुर्ण भुमिका रहने भएकाले सहकारीलाई सुदृढीकरणलाई अभियानकै रुपमा सन्चालन गर्न लागिएको संस्थाका अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो । सहकारीलाई मर्यादीत र व्यवस्थित बनाउने हो भने जिल्लाको विकासले गतिलिने समेत बस्नेतले बताउनुभयो । यसैगरी कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका साना किसान कृषि सहकारी संघ धादिङका उपाध्यक्ष फणीकात्त छत्कुलीले सहकारी संस्थाहरुको सुदृढीकरण गर्नको लागि धादिङ सन्चार सहकारी संस्था लिमिटेडले सन्चालन गरेको अभियान महत्वपुर्ण रहेको धारणा राख्नुभयो । धादिङ सञ्चार सहकारी संस्थाले समग्र सहकारीको हितको लागि आवज उठाएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।