मुख्य समाचार

विदेशी भूमिबाट नेपालीमाथि ढुंगा बर्साउनेहरु उतै गए हुन्छः पण्डित –

By Dhading News

September 28, 2015

काठमाण्डु, ११ असोज– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तराई–मधेसमा जारी बन्द हड्ताललाई १५ दिनका लागि नेपाल घुम्न आउने पर्यटकलाई बंशजका आधारमा नागरिकता दिने मागसहित भएको आन्दोलनको संज्ञा दिएका थिए ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले त्यस्तो आन्दोलनको नेतृत् वगर्नेलाई कायरको संज्ञा दिए ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसेर नेपाली जनतामाथि ढुंगा बर्साउने तथा दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्नेहरु कारबाहेक केही हुन नसक्ने उनको भनाइ थियो ।

‘कायरहरुका कारण नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भएको होइन’, पण्डितले भने, ‘कायरहरु भाग्छन् भने केही फरक पर्दैन, सार्वभौम सम्पन्न मुलुकलाई स्वार्थमा बिखण्डन गर्ने तत्वहरुको काम छैन ।’

अहिलेको संविधानले गलत सोच राख्नेको गालामा झापड हानेको दाबी गर्दै मन्त्री पण्डितले भने,‘आफ्नै घरमा आगो लगायो भने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु ।’

पण्डितले नेपालभूमि र नेपाली जनताको भविष्यमा खेलबाड गर्ने कायरहरुको अस्तित्व समाप्त हुने चेतावनीसमेत दिए । ९० प्रतिशत जनप्रतनिधिको समर्थनमा संविधान आएको भन्दै उनले यसमा छिमेकी भारले प्रश्न उठाउन नहुने बताए ।