मुख्य समाचार

मैदीबाट २ बालक हराए

By Dhading News

October 01, 2015

धादिङ–असोज १४, मैदी गाउँ विकास समिति वडा नम्बर २ बाट बिहीबारबाट  दुई बालक हरएका छन् । बिहीबार  दिउँसो घरबाटै चार बर्षका जोशमान तामाङ र दुई बर्षका मिसन तामाङ बेपत्ता भएका बालक हराएका हुन्  । बालकका आमा बारीमा गएको समयमा दुई अबोध बालकहरु बेपत्ता भएका हुन् । छिमेकी र आफन्त भएका स्थानमा खोज्दा पनि भेट्टाउन नसकिएको बालकका आमा सुन मायाँ तामाङले बताउनु भयो ।