प्रदेश

पारसलाई कारबाही गरी कप्तानबाट हटाइयो

By धादिङ न्यूज

October 02, 2015

क्यानको बोर्ड बैठकले बिहीबार अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाहीस्वरूप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो।

क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन्।