मुख्य समाचार

धादिङमा रत्न पत्थर प्रवद्र्धन, संकलन तथा वर्गिकरण सम्बन्धी तालिम सम्पन्न

By Dhading News

October 11, 2015

धादिङ–नेपाल खनिज तथा खानी संघ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा धादिङ उद्योग वाणिज्य संघको व्यवस्थापनमा रत्न पत्थर प्रवद्र्धन, संकलन तथा वर्गिकरण सम्बन्धी सात दिने तालिम धादिङवेसीमा सम्पन्न भएको छ । असोज १७ गतेदेखी धादिङ उद्योग वाणिज्य संघको सभाहलमा सुरु गरिएको तालिमको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले शनिवार एक कार्यक्रमका विच समापन गर्नुभएको थियो । धादिङको उत्तरी विकट पाँच गाउँ विकास समिति र अन्य पाँच गाउँ विकास समितिका कुल ४३ जनाको सहभागिता रहेको तालिममा रत्नविज्ञ डाक्टर हरिभक्त उपाध्याय, खानि तथा खनिज संघका अध्यक्ष गोपाल रेग्मी, ग्रामीण उत्थान समाजका अध्यक्ष कृष्णबहादुर शाही, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्य्रका बरिष्ट अधिकृत केवल विष्ट लगायतले सहजिकरण गर्नुभएको थियो । सातदिने तालिममा देखिएको उत्साहजनक सहभागिताले रत्न पथ्थरको पहिचानमा सहयोग पुगेको तालिमका प्रमुख प्रतिक्षक डाक्टर हरिभक्त उपाध्यायले बताउनुभयो । तालिम समापनका क्रममा रत्न पथ्थरको पहिचान गर्न सहयो्ग पुगेको भन्दै आफूहरु रत्नपथ्थरको पहिचान गरी त्यसको संकलन र वर्गिकरणमा लाग्ने सहभागिहरुले बताएका थिए । सो अवसरा तालिमका प्रशिक्षक खानी तथा खनिज संघका अध्यक्ष गोपाल रेग्मीले समग्र धादिङको आय आर्जन गरी गरिवी न्यूनिकरणको लागि खनिज क्षेत्रले सहयोग गर्ने बताउनुभयो । निकट भविष्यमा घरेलु तथा साना उद्योग विकास समिति र धादिङ उद्योग वाणिज्य संघको सहकार्यमा धादिङमा बस्तु विकास केन्द्रको स्थापना गरी खानी तथा खनिजको विषयमा एड्भान्स तालिम दिने सम्मको काम गरिने धादिङ उद्योग वाणिज्यस संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले बताउनुभयो । तालिम लिएकाहरुलाई तालिम मात्रै लिने नभई आफ्नो सीपलाई ब्यबहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।