कभर फोटो

धादिङबेसीबाट ग्रामीण भेगमा चल्ने सवारी साधनमा यात्रुहरुको चाप बढ्यो

By धादिङ न्यूज

October 18, 2015

धादिङ– कात्तिक १, दशैको लागी गाउँघर फर्कनेको बजारमा चहलपहल बढ्न थालेको छ । रोजगारीको सिलसिलमा विदेश रहने र अन्य कामको लागी शहर पसेकाहरु प्नि अहिले दशैँ मान्नको लागि गाउँ फर्कन थालेका छन् । दशभित्रका काठमाण्डौ,पोखरा, चितवन लगायत अन्य क्षेत्रमा पढ्न वा रोजगारीको लागि बस्नेहरु पनि अहिले आफ्नो गाउँ सम्झेर फर्कन थालेका छन् । भारतले गरेको  नाकाबन्दीको कारण तेलको अभावले सवारी साधन कम चलेपनि यात्रुहरुको संख्यामा भने कुनै कमि आएको छैन । कति विदेशिएका युवाहरु दशै मनाउन घर फर्किसकेका छन् भने कति फर्कने क्रममै रहेका छन्। धन कमाउन जुनसुकै देशमा गएपनि प्राय युवाहरु दशै मनाउन घर फर्कने मनस्थिति बनाउने हुँदा कतिले छुट्टी पाउछन् भने कतिले पाउदैनन। स्वदेशका उपयुक्त रोजगारीको अभावले गर्दा विदेश छिरेका युवाहरु दशैं तिहारको अवसर पारी घर फकिर्न थालेसँगै चहलपहल पनि बढेको छ । दशैमा राम्रा लुगा लगाउने र राम्रै खाने प्रचलन अनुरुप यस सयमा फेन्सी तथा खाद्यान्त पसलहरुमा मानिसहरुको भिडभाड बढी देख्न सकिन्छ । बैशाख १२ गतको विनाशकारी भुकम्पको थला परेका पीडितहरु पनि अहिले ती दुख र कष्टलाई विर्सदै दशैँको रौनकमा रमाई रहेका छन् । अहिले धादिङबेसीबाट ग्रामिण भेगमा चल्ने सवारी साधनहरु यात्रुहरुले खचाखच भरिने गरेको छ । धादिङबेसी आरुघाट, मैदी, चैनपुर, गुम्दी लगायतका स्थानमा चल्ने सवारी साधनमा यात्रुहरुको चाप बढेको छ । तेलको अभावको कारण सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । दशैं नजिकिंदै गर्दा कतार, साउदी, दुवै, बहराइन, ओमानका साथै युरोपिय देशहरुबाट समेत दैनिक सयांै नेपालीहरु घर फकिर्ने गरेका छन्  ।