हाम्रो पालिका

इन्धन अभावले यस वर्ष गोरखाबाट हनुमानढोका दरबारमा फूलपाती पठाईएन

By Dhading News

October 21, 2015

धादिङ–गोरखा दरबारले धादिङको जीवनपुर हुँदै काठमाडौँको हनुमानढोका दरबारमा पठाउनुपर्ने फूलपाती यस वर्ष पठाउन नसकेपछि परम्परा तोडिएको छ । यस वर्ष इन्धनको अभावका कारण तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको चलन यस वर्ष अन्त्य भएको हो । गोरखाबाट पठाएको फूलपाती वैदिक विधि अनुसार हनुमानढोका दरबारमा भित्र्याउने चलन थियो । गोरखा दरबार हेरचाह अड्डाले फूलपाती हनुमानढोका पठाउन नसकेको हो । गत वर्ष गोरखा पर्यटन नामक संस्थाको सहयोगमा गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइएको थियो । यस वर्ष इन्धन अभावले गर्दा गोरखा पर्यटनले फूलपाती लैजाने काम गर्न नसकेको अध्यक्ष रमेश थापाले बताउनुभयो ।