कभर फोटो

‘सुनपानी’ को विशेष शो हुने…

By धादिङ न्यूज

December 15, 2015

 

यसैवर्ष मात्रै ‘विशेष चलचित्र ’को उपाधि समेत पाउन सफल नेपाली कथानक चलचित्र ‘सुनपानी’को विशेष शो कलाकारहरुको साथमा चितवनमा हुने भएको छ । सत्यघटनामा आधारित चेतबहादुर सिंह ‘राजा’को निर्माण रहेको नेपाली कथानक चलचित्र ‘सुनपानी’ चितवनमा क्रियाशिल रहेको संस्था लक्की मिडिया हाउसले आयोजनामा हुने भएको छ । चितवनका फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘सुनपानी’ देखाउने तयारीमा लक्की मिडिया हाउस चितवन लागेको छ । आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुरानो नेपाली फिल्म देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा यही पौष २७ गते ,सोमवार राष्ट्रिय एकता दिवसको दिन साझ ६ बजे नेपाली कथानक चलचित्र ‘सुनपानी’ चितवनको सुबिधा सम्पन्न सिनेमा सिम्याक्स सिनेमा हल ,नारायणगढमा बिशेष शो गर्दैछ । चितवनमा बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको लक्की मिडिया हाउस चितवनले कहिले एकल साझ , बिभिन्न सांगीतक कार्यक्रम , नेपाली फिल्मको विशेष शो यस अघि चितवनमा धेरै कार्यक्रमहरु गरिसकेको प्रवन्ध निर्देशक हरि कार्की “लक्की” बताउछन् । हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदि लगायतका बिभिन्न कुरितिहरुलाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको छ ।गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा चेतबहादुर सिंह ‘राजा’कोे निर्माण रहेको नेपाली कथानक चलचित्र ‘सुनपानी’ मा निर्देशन सबिन बास्तोला, संगित बिमलराज क्षेत्री, छायांकन गणेशकुमार श्रेष्ठ, नृत्य निर्देशक कमल खालिङ र निशा शाह रहेको छ । उक्त चलचित्र ‘सुनपानी’मा नविन तिमिल्सिना, आशा भुसाल, सबिन बास्तोला, अग्रज के.सी., तारा के.सी., चेतबहादुर सिंह, स्वस्तिका लामिछाने, बुद्धिसागर खनाल, दिलिप तामाङ, नीशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साल, सिताराम तिम्सिना आदि कलाकारहरुको अभिनय रहेका छन् ।