मुख्य समाचार

एकाबिहानै भूकम्पको धक्का, सुतिरहेका मान्छे घर बाहिर निस्के

By Dhading News

December 19, 2015

धादिङ पुस ४-बाजुरामा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का थाहा पाउने बित्तिकै सुतिरहेकाहरु जर्याकजुरुक उठेर घर बाहिर निस्केका थिए । क्षतिको विवरण अहिलेसम्म केही नआएको उहाँले बताउनुभयो ।

यो भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पसँग कुनै सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।