अनलाइन / पत्रपत्रिकाबाट

नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय परिषदको घोषणा

By Dhading News

January 24, 2016

परिषदमा बिभिन्न गैर सरकारी संस्था तथा सामाजिक संस्थामा कार्यरत व्यक्तिहरुको बाहुल्यता रहेको छ । पूर्व सचिव तथा बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा सल्लाहकार समेत रहेका रामेश्वर खनाल र विश्लेषक मुमाराम खनाल समेत परिषदमा छन् । यसैगरी दलित महिला संघकी अध्यक्ष दुर्गा सोब, एकल महिलाहरुका पक्षमा कार्यरत गैरसरकारी संस्थामा कार्यरत लिलि थापा, जनजाति महासंघमा योगदान पु¥याएका चैतन्य सुब्बालगायत उनको परिषदमा छन् ।पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा गरिएको छ।  आइतवार पत्रकार सम्मेलन गरी भट्टराईले केन्द्रीय परिषदको घोषणा गरेका हुन्। नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रममा केन्द्रीय परिषद २ सय ६५ सदस्यीय हुने भनिएपनि  ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ।

नयाँ शक्तिको केन्द्रीय परिषद्मा पूर्व प्रशासकहरुको वाहुल्यता छ । पूर्वसचिवहरु रामेश्वर खनाल, डा. प्रविण मिश्र, हरेराम कोइराला र नत्थुप्रसाद चौधरी, नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राई, सशस्त्र प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षकद्वय ऋषवदेव भट्टराई र नारायण पाण्डे नयाँ शक्तिको केन्द्रीय परिषद्को सदस्य रहेका छन्।

संयोजक