मुख्य समाचार

कम्प्युटर र सूचना तथा प्रविधिको प्रयोग सम्बन्धि तालिम सञ्चालन

By Dhading News

January 28, 2016

संगिता आले मगर (धादिङबेसी)- जिल्ला विकास समितिको आयोजना तथा नेपाल पत्राकार महासंघ धादिङको समन्वयमा कम्प्युटर र सुचना तथा प्रविधिको प्रयोग सम्बन्धि तीन दिने तालिम धादिङबेसीमा सञ्चालन भएको छ । जिल्ला विकास समिति धादिङका सूचना अधिकारी भोला गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी हरि पाटा मगरको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लामा सञ्चालित तालिमको पहिलो दिन वेव डिजाइनर विजय यादव र प्रकाश खतिवडाले एसइओ, एलेक्सा, कपि राईट, होस्टिङ, -याङकिङ हेर्ने तरिका लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । तालिमको दोस्रो दिन पि.पि.सी., एस्.एम्.ओ., ड्यासबोर्ड भित्रका पोष्ट, मिडिया, पेज, मेनु, प्रोफाईल लगायतका विषयवस्तुका बारेमा जानकारी गराएका थिए । माघ १५ गतेसम्म सञ्चालन हुने उक्त तालिममा धादिङका अनलाइन मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको छ ।