मुख्य समाचार

भुकम्पकाे धक्काले धादिङको जनजिवन त्रसित

By Dhading News

February 05, 2016

धादिङ-सुत्ने तयारीमा रहेको  बेला आएको भुकम्पको धक्काले एक पटक फेरी सर्वसाधरणलाई आतंकित वनाएको छ । माघ २२ गते राती १० वजेर ५ मिनेटमा आएको शक्तीशाली धक्का पछि धादिङ जिल्लाको सदरमुकामका साथै  जिल्लाका विभिन्न वजार तथा गाउं बस्तिका वासिन्दाहरु रातको समयमा चिसोको समेत पर्वाह नगरी घर वाहिर निस्किएका छन ।भुईचालोको केन्द्रबिन्दु काठमाडौबाट करीब ५५ किलोमिटर उत्तर पूर्व सिन्धुपाल्चोक जिल्लामा रहेको जानकारी राष्ट्रिय भुकम्प मापन केन्द्रले दिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले राती गएको भूकम्प ५ दशमलब ५ रेक्टर स्केलको भएको जानकारी दिएको छ । केन्द्रका अनुसार, यो पनि बैशाख १२ मा गएको भुकम्पको पराकम्प हो ।