कभर फोटो

धादिङको गजुरी लगायत देशका विभिन्न स्थानबाट १३ नक्कली डाक्टर पक्राउ

By धादिङ न्यूज

February 06, 2016

धादिङ–डाक्टर जस्तो अति संवेदनशील पेशामा संलग्न रहेको व्यक्तिनै नक्कली शैक्षिक योग्यता देखाएर उपचारमा संलग्न रहेको खुलासा भएपछि  धादिङको राजमार्ग क्षेत्रमा संचालित अस्पताल   शंकाको घेरामा परेको छ । शुक्रवार धादिङको गजुरी स्थित निजी अस्पतालबाट एक नक्कली चिकित्सक पक्राउ परेपछि अस्पतालको नाममा सर्वसाधरणको ज्यान खतरामा पारेर व्यवसायीहरुले लुटिरहेको खुलासा भएको हो ।

अरूलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरू देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ । काठमाडौं तथा तराईका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसैको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षामा अरूलाई जाँच दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।