मुख्य समाचार

गजुरी अस्पतालबाट पक्राउ परेका डाक्टर सक्कली, सोही नामका अरु दुई नक्कली

By Dhading News

February 07, 2016

धादिङ– अरु संग नाम मिलेकै कारण धादिङको गजुरीमा कार्यरत एक चिकित्सकले दुई दिन सम्म प्रहरी हिरासतमा बस्नुमात्रै परेनन अपमान समेत सहनु परेको छ । 

केन्द्रिय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्रका आधारमा धादिङबाट पक्राउ गरेका डाक्टर भने सक्कली ठहरिएका छन् । धादिङको गजुरी अस्पतालमा कार्यरत जनरल फिजिसियन मनोजकुमार साहको अरु दुईजनासँग नाम मिल्दा पक्राउ परेको ब्युरोले  जानकारी दिएको छ ।

नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा अन्इ दुई जना डा मनोजकुमार साह माथि भने अनुसन्धान जारी रहेको बताइएको छ । प्रहरीका अनुसार नेपाल मेडिकल काउन्सिलमा फर्जी कागजात पेस गरी सोही नामका अरु दुई डाक्टरले विभिन्न अस्पतालमा काम गर्दै आएका छन् । अनुसन्धान जारी रहेको भन्दै उनीहरु कार्यरत अस्पतालबारे भने ब्युरोले खुलाएन ।

८ महिनादेखी गजुरी अस्पतालमा कार्यरत डा साहले पेश गरेका कागजात नक्कली नभएको पुष्टि पछि रिहा गरिएको छ ।