घटना /दुर्घटना/ अपराध

बलत्कारको आरोपमा अरुलाई फसाउन खोज्ने युवती आंफै पुगिन जेलमा

By धादिङ न्यूज

February 08, 2016

धादिङ –बलत्कारको आरोप दिएको झुठो सावित भएपछि मुद्धा दिने युवती आंफै जेल जानु परेको छ । बिरुद्ध मुद्धा लडिरहेकी एक युवती आंफै जेल सजायँ भोग्न वाध्य भएकी छिन ।

धादिङको मार्पाक गा.वि.स.वडा नं.७ की शान्ति थापा मगरलाई अदालतमा झुठा बकपत्र गरेर अरुलाई फसाउन खोजेको आरोपमा जिल्ला अदालतले ३ महिना कैद र .२ हजार जरीवाना हुने गरी फैसला गरेपछि उनलाई पक्राउ गरी अदालत पेश गर्दा कारागार चलान भएकी हुन । शान्तिले गएको मंसिर २८ गते सल्यानकोट गा.वि.स.वडा नं.९ बस्ने लोक बहादुर लायो राना मगरको छोरा बर्ष २१ को संगम भन्ने बिनोद लायो मगरले आंफुलार्ई जबरजस्ती करणी गरेको पुस ४ गते जिल्ला अदालतमा जाहेरी पेश गरेकी थिईन । शान्तिको जोहरी पछि प्रहरीले विनोदलाई पक्राउ गरी अनुसन्धान जिल्ला अदालतमा बुझाएकोमा मंसिर २० गते जिल्ला अदालतको आदेशले निज पुर्पक्षको लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा रहेका विनोदलाई माघ २५ गते अदालतले सफाइ दिएको थियो । जाहेरवालाले झुठो बकपत्र तयार पारी अरुको चरित्र हत्या गर्न खोजेको पुष्टि भएपछि जिल्ला अदालतले आरोपितलाई सफाई दिंदै आरोप लगाउने युवतीलाई जेल पठाएपछि महिला हिंसाका नाममा झुठो बिबरण तयार पारी अरुलाई मुद्धा दिनेक्रममा कमि आउने प्रहरीले वताएको छ ।