मुख्य समाचार

अधिकारीलाई विकास पत्रकारिता पुरस्कार

By Dhading News

February 22, 2016

धादिङ न्यूज / धादिङ

धादिङ न्यूज डटकमका प्रवन्ध निर्देशक एवंम पत्रकार केशव अधिकारी ‘विकास पत्रकारिता पुरस्कार २०७२’बाट सम्मानित भएका छन् । जिल्ला विकास समिति धादिङको २३ औँ जिल्ला परिषद्काे अवसरमा पत्रकार अधिकारीलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको हाे ।

पुरस्कार जिल्ला विकास समिति, धादिङ र नेपाल पत्रकार महासंघ, धादिङले बिगत तीन वर्ष देखि संयुक्त रुपमा प्रदान गर्दै अाएकाे छ । १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका अधिकारी १३ बर्ष देखि दि हिमालयन टाइम्स दैनिकमा आवद्ध छन् ।

अधिकारी नेत्रावती मिडिया प्रा.लीका अध्यक्ष हुन् । नेत्रावती मिडियाले नेत्रावती साप्ताहिक र धादिङ न्यूज डटकम संचालन गर्दै अाएकाे छ । उनी प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य एवंम बागमती अन्चल ईन्चार्ज समेत हुन् ।